गृहपृष्ठ > मार्गदर्शक बल > आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्य बालकृष्णजी महाराज

आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्य बालकृष्णजी महाराज

आचार्य बालकृष्णजी महाराज, पतञ्जली विश्वविद्यालय, हरिद्वारको कुलपति हुनुका साथै एक बहुआयामिक व्यक्तित्वको साथ एक उच्च तपस्वी, उद्यमी हुनुहुन्छ, जसलाई योग, आयुर्वेद, संस्कृत भाषा, भारतीय धार्मिक शास्त्र र वेदहरूको अथाह ज्ञान छ। प्राचीन उपचार र जीवनशैलीको पुनरुत्थानमा आफ्नो जीवन समर्पित गरिसकेपछि, उहाँ परम्परागत चिकित्सकहरू र विश्वभरका प्रसिद्ध व्यक्तित्वहरूका लागि प्रेरणाको ठूलो स्रोत बन्नुभएको छ। पतञ्जली आयुर्वेद लिमिटेडको अध्यक्ष र प्रबन्ध निर्देशकको रूपमा उहाँको अद्भुत तथा उत्कृष्ट नेतृत्व र योग तथा आयुर्वेदिक वैज्ञानिक अनुसन्धानमा अथक प्रयत्नहरूले उहाँलाई 'आयुर्वेद विशेषज्ञ', 'मानव रत्न', 'भारत गौरव', ‘Ten Versatile and Dynamic Young Men of India' र ‘UNSDG 10 Most Influential People in Healthcare Award' जस्ता धेरै पुरस्कारहरू दिलाएका छन्।

बाल्यकाल देखि नै बोट-बिरुवाहरूप्रतिको श्रद्दाले गर्दा उहाँ औषधि र पोषणका लागि सबैभन्दा प्रसिद्ध र सम्मानित जडिबुटी विशेषज्ञको रुपमा परिचित हुनुहुन्छ। नयाँ जडिबुटी औषधि निर्माणको लागि चार दुर्लभ औषधिय वनस्पति जस्तै सञ्जिवनी', 'सोमा', 'स्वर्णक्षिरी', 'स्वर्णद्रक' र लोप भइसकेको ‘अष्टवर्ग’ वनस्पतिको खोजी गर्नुभएको छ। उहाँले जैविक विविधता संरक्षण, 'खाद्य बालीको सम्पत्ति', पतञ्जली जडिबुटी उद्यान र पतञ्जली रिसर्च फाउन्डेसन हर्बेरियमको स्थापना, दुर्लभ जडिबुटीको पहिचान र भारतको वनस्पति सर्वेक्षण र विश्व जडिबुटी विश्वकोषको संकलनका लागि धेरै पहलहरू गर्नुभएको छ। उहाँले उत्तराखण्डको मालाग्राम भन्ने ठाउँमा विश्वको महत्त्वपूर्ण औषधीय बोटबिरुवाहरूका लागि समर्पित जडिबुटी बगैँचा स्थापना गर्ने विचार गर्नुभएको छ, जसले एकल लेखासंचयमा विश्वव्यापी जडिबुटीको प्रतिनिधित्व गर्ने उल्लेखनीय इतिहास सिर्जना गर्नेछ। उहाँले विभिन्न जर्नलहरूमा २५० भन्दा बढी अनुसन्धान लेखहरू प्रकाशित गर्नुभएको तथा २१ पेटेन्ट अधिकारहरू प्राप्त गर्नुको साथै योग र आयुर्वेदमा लगभग २०० पुस्तकहरूको लेखन र सम्पादन गर्नुभएको छ।

प्राकृतिक उपचार पद्दतीमा उहाँको अटूट विश्वास र ज्ञान रहेको हुनाले धेरै जिद्दी, पुरानो र गैर-सङ्क्रामक रोगहरू भएका १.५ मिलियन भन्दा बढी बिरामीहरूलाई प्रभावकारी रूपमा निको पार्नुभएको छ। गुणस्तरीय शिक्षाका लागि परोपकारी दृष्टिकोणका साथ उहाँले पतञ्जली गुरुकुलम, आचार्यकुलम, पतञ्जली भारतीय चिकित्सा विज्ञान तथा अनुसन्धान संस्थान र पतञ्जली विश्वविद्यालय स्थापना गर्नुभएको छ, जसले बालबालिकाहरूलाई उनीहरूको सपना साकार गर्न र राष्ट्रको सेवा गर्न मद्दत गर्दछ।

यसका साथै उहाँले ‘पतञ्जली किसान समृद्धि कार्यक्रम’ मार्फत दक्ष जनशक्ति र करिब एक लाख प्रशिक्षकहरूमार्फत कृषि रुपान्तरणमा सक्रिय रूपमा सहभागी गराई रहनुभएको छ। विपत्तिपछिको आवश्यकताको मूल्याङ्कन, अनाथ बच्चाहरूलाई निःशुल्क आश्रय, खाना र शिक्षा प्रदान गर्ने र पतञ्जली योगपीठमा निःशुल्क ओपीडी सेवाहरू जस्ता आपतकालीन आवश्यकताहरूमा राष्ट्रलाई मद्दत गर्ने जस्ता कार्यहरुले उहाँको उदार व्यक्तित्वलाई प्रतिबिम्बित गर्दछ। स्ट्यानफोर्ड विश्वविद्यालय, संयुक्त राज्य अमेरिका र एल्सवायर (Elsevier), युरोपद्वारा हालसालै प्रकाशित एक अध्ययनमा; पूज्य आचार्य बालकृष्णजीलाई आयुर्वेद र योगमा पतञ्जली अनुसन्धान संस्थान अन्तर्गत उहाँको अनुसन्धान गतिविधिहरूको लागि विश्वव्यापी रुपमा शीर्ष २ % वैज्ञानिकहरू मध्ये मान्यता प्राप्त छ। आफ्नो मानवीय मनोवृत्तिको साथ, उहाँले विश्व कीर्तिमान राख्न, चिकित्सा र जीवनशैली सुधारको माध्यमबाट मानवजातिको उत्थान गर्न, दिगो कृषिलाई पुनरुत्थान गर्ने र साहित्य र दिगो जीवन दृष्टिकोणको रूपमा प्रकृतिको उपहारहरूको संरक्षण गर्न आफ्नो अद्भुत यात्रा जारी राख्नुभएको छ।

समृद्ध नेपाल निर्माण गर्न स्थानीय स्रोत र अन्तराष्ट्रिय साझेदारी दुबैको सदुपयोग गर्दै आर्थिक वृद्धिलाई समाजिक विकाससँग एकीकृत गर्न बहुआयामिक दृष्टिकोण आवश्यक छ। विकेन्द्रीकरण, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य सुधार र क्षेत्रीय सहयोगलाई बढावा दिएर नेपालले दिगो समृद्धि र आफ्ना नागरिकको जीवन स्तरमा सुधार ल्याउनको लागि बाटोहरु खोल्न सक्दछ।